पोलिटेक्निक र उद्योगीहरू बिच अन्तर्क्रिया कार्यक्रम सम्पन्न
मिति २०७६ साल असार २३ गतेका दिन मनमोहन स्मृति पोलिटेक्निकले मोरंग-सुनसरी औद्योगिक करिडरका उद्योगीहरूसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । बिराटनगरको रत्न होटलमा सञ्चालन गरिएको कार्यक्रममा ४० अोटा भन्दा बढी उद्योगबाट उद्योगी तथा तिनका प्रतिनिधिहरू उपस्थित रहेका थिए । प्रदेश १ का सामाजिक बिकास मन्त्री मा. जिवन घिमिरेज्यूको प्रमुख अातिथ्यता रहेको कार्यक्रममा अतिथिका रूपमा प्रदेश १ प्रदेश सभा सदस्य मा. सावित्रा घिमिरे ज्यू, उद्योग बाणिज्य संघ मोरंगका का.वा. अध्यक्ष श्री सुयस प्याकुरेल ज्यू, रसायन शास्त्रका बैज्ञानिक डा. तुलसी निरौला ज्यू रहनु भएको थियो ।
कार्यक्रममा उपस्थित सबै सहभागिहरूले अाफ्ना जिज्ञासा तथा सुझाव राख्नु भएको थियो । कार्यक्रमका अध्यक्ष तथअ पोलिटेक्निकका प्राचार्य डा. सुवासश्री पोख्रेलज्यूले जिज्ञासाहरूको उत्तर दिनु भएको थियो ।