मनमोहन स्मृति पोलिटेक्निक
हात्तिमुढा, विराटनगर
पदपूर्ति समितिको आवश्यकता सम्बन्धि सूचना

प्रकाशित मिति २०७१।०३।२८

यस पोलिटेक्निकमा देहायका पदहरुमा खुल्ला प्रतियोगिताद्धारा पदपूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरुबाट २०७१।‌‌४।९ गते भित्रमा आफुले प्राप्त गरेको शैक्षिक योग्यता, नेपाली नागरिकताको प्रमाणित प्रतिलिपी १/१ प्रति संलग्न गरि रीतपूर्वक दरखास्त आवहन गरिन्छ । विभागिय प्रमुख पदमा दरखास्त दिदा विभाग सञ्चालन सम्बन्धि २ देखि ३ पेजको कार्ययोजना दरखास्त सहित पेस गर्नु पर्नेछ । रीत नपुगेका र म्याद नाघी आएका दरखास्त उपर कुनै कार्यवाही हुने छैन ।   

विज्ञापन नं.

पद

नियुक्ति किसिम

संख्या

५/०७०/७१

बिभागिय प्रमुख
मेकानिकल

करार

६/०७०/७१

बिभागिय प्रमुख
इलेक्ट्रिल

करार

७/०७०/७१

बिभागिय प्रमुख
इलेक्ट्रोनिक्स

करार

८/०७०/७१

बिभागिय प्रमुख
सिभिल

करार

९/०७०/७१

प्रशासन प्रमुख

करार

 दरखास्त दिने अन्तिम मिति : २०७१/०४/०९

दरखास्त फारम डाउनलोड गर्नुहोस Download the Application form

दरखास्त बुझाउने स्थान :

मनमोहन स्मृति पोलिटेक्निक, हात्तिमुढा, विराटनगर फोन नं. ०२१६२२०५८

मनमोहन स्मृति पोलिटेक्निक, सम्पर्क कार्यालय काठमाण्डौं  फोन नं. ०१५५४४६६९

वा

ईमेलबाट पनि बुझाउन सकिनेछ, त्यसका लागि पोलिटेक्निकको अाधिकारिक ईमेल This email address is being protected from spambots. You need JavaScript enabled to view it. मा निवेदनका साथ देहायका कागजात संलग्न (attach) गरी ईमेल गर्न सकिनेछ :

  1. हस्तलिखित भरेको दरखास्त फारमको स्क्यान कपी
  2. बैंकमा रकम जम्मा गरेको भौचरको स्क्यान कपी (रु ६००/-), Everest Bank Limited, Duhabi, Account Number: 00900105200225
  3. अावश्यक सम्पूर्ण कागजातहरुको स्क्यान कपी
  4. कार्ययोजना बुझाउनु पर्ने भए साे को pdf फाइल

पारिश्रमिक : पारिश्रमिकका हकमा मनमोहन स्मृति पोलिटेक्निकको नियमानुसार हुनेछ ।
सम्पर्क मिति : २०७१/०४/१२

बिभागिय प्रमुखका लागि आवश्यक न्युनतम शैक्षिक योग्यता

सम्वन्धित इन्जिनियरिङ्ग विषयमा विद्यावारिधी (पि.एच.डी.) उत्तीर्ण र विश्वविद्यालय आंगिक क्याम्पस र प्रा.शि.तथा व्या. ता. अन्तर्गतका शिक्षण संस्थामा कम्तिमा २ वर्षको अध्यापन अनुभव

वा

सम्वन्धित इन्जिनियरिङ्ग विषयमा स्नाकोत्तर तह प्रथम श्रेणीमा उत्तीर्ण र विश्वविद्यालय आंगिक क्याम्पस र प्रा.शि.तथा व्या. ता.अन्तर्गतका शिक्षण संस्थामा कम्तिमा ५ वर्षको अध्यापन अनुभव वा  प्रा.शि.तथा व्या. ता. औधोगिक परामर्श सेवा अनुसन्धान क्षेत्रमा कम्तिमा ६ वर्षको कार्य अनुभव जसमा २ वर्षको अध्यापन अनुभव अनिवार्य

वा

सम्वन्धित इन्जिनियरिङ्ग विषयमा स्नाकोत्तर तह दितीय श्रेणीमा उत्तीर्ण र विश्वविद्यालय आंगिक क्याम्पस र प्रा.शि.तथा व्या. ता.अन्तर्गतका शिक्षण संस्थामा कम्तिमा ७ वर्षको अध्यापन अनुभव वा  प्रा.शि.तथा व्या. ता. औधोगिक परामर्श सेवा अनुसन्धान क्षेत्रमा कम्तिमा ८ वर्षको कार्य अनुभव जसमा २ वर्षको अध्यापन अनुभव अनिवार्य

वा

सम्वन्धित इन्जिनियरिङ्ग विषयमा स्नातक तह प्रथम श्रेणीमा उत्तीर्ण र विश्वविद्यालय आंगिक क्याम्पस र प्रा.शि.तथा व्या. ता.अन्तर्गतका शिक्षण संस्थामा कम्तिमा ९ वर्षको अध्यापन अनुभव वा  प्रा.शि.तथा व्या. ता. औधोगिक परामर्श सेवा अनुसन्धान क्षेत्रमा कम्तिमा १० वर्षको कार्य अनुभव जसमा २ वर्षको अध्यापन

वा

सम्वन्धित इन्जिनियरिङ्ग विषयमा स्नातक तह दितीय श्रेणीमा उत्तीर्ण र विश्वविद्यालय आंगिक क्याम्पस र प्रा.शि.तथा व्या. ता.अन्तर्गतका शिक्षण संस्थामा कम्तिमा ११ वर्षको अध्यापन अनुभव वा  प्रा.शि.तथा व्या. ता. औधोगिक परामर्श सेवा अनुसन्धान क्षेत्रमा कम्तिमा १२ वर्षको कार्य अनुभव जसमा २ वर्षको अध्यापन अनुभव अनिवार्य

द्रश्टव्य:  विभागिय प्रमुखको लागि २ वर्ष वा सो भन्दा बढी व्यवस्थापकिय अनुभव भएकोलाई विशेष ग्राहयता दिइनेछ ।

प्रशासन प्रमुखको लागि आवश्यक न्युनतम शैक्षिक योग्यता

सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तिर्ण र विश्वविद्यालय / आङ्गिक क्याम्पस / प्रा. शि. तथा व्या.ता. अन्तर्गतका शिक्षण  संस्था /  औधोगिक संस्थानमा कम्तिमा ५ वर्षको व्यवस्थापकिय अनुभव प्राप्त ।

वा

सम्बन्धित विषयमा स्नातक तह उत्तिर्ण र विश्वविद्यालय / आङ्गिक क्याम्पस / प्रा.शि. तथा व्या.ता. अन्र्तगतका शिक्षण  संस्था /  औधोगिक संस्थानमा कम्तिमा १० वर्षको व्यवस्थापकिय अनुभव प्राप्त ।