मितिः २०७३।०९।२६

विषयः परीक्षा फाराम भर्ने सूचना ।

   यस मनमोहन स्मृति पोलिटेक्निक हात्तिमुढा ७ वाट डिप्लोमा इन इन्जिनियरिङ्ग सिभिल, मेकानिकल, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स विषयहरुमा अध्ययन गर्न २०६५ (२००८) साल देखि २०७० (२०१३) साल सम्म CTEVT मा रजिष्ट्रेशन भइसकेका विद्यार्थीहरुका लागि प्रथम वर्ष प्रथम खण्ड, दोश्रो वर्ष प्रथम खण्ड र तेश्रो वर्ष प्रथम खण्ड को आंशिक परीक्षा यहि २०७३ साल माघफाल्गुन महिनामा सञ्चालन हुने हँुदा मिति २०७३ माघ ०९ गते तपशिल बमोजिम परीक्षाको फाराम भरि सक्न को लागि सम्बन्धित सबै विद्यार्थीहरुलाई यो सूचना प्रकाशित गरिएको छ । अन्यथा विलम्व शुल्क लाग्ने व्यहोरा समेत यसै सूचना द्वारा सूचित गराइन्छ।

तपशिल

१. परीक्षा फाराम दस्तुर रु.१०।

२. प्रति पहिलो विषय दस्तुर रु.३००। (शैद्धान्तिक प्रयोगात्मक )   र थप प्रति विषयको लागि दस्तुर रु. १५०।

३. उपरोक्त बमोजिमको म्याद नाघि आएको परीक्षा फाराममा प्रति विषय दोब्बर परीक्षा

   दस्तुर लाग्ने छ ।

४. आन्तरिक मूल्यांकन परीक्षामा अनुतिर्ण भएका विद्यार्थीले पुनः आन्तरिक मूल्यांकन परीक्षा दिई उतिर्ण भए पश्चात मात्र फाराम भर्न पाउने छ ।

५. CTEVT बाट सञ्चालन हुने परीक्षामा विद्यार्थीलाई आवश्यक पर्ने ग्राफ पेपर, चार्ट पेपर आदि विद्यार्थीले स्वयम् व्यवस्था गर्नु पर्ने छ ।

६. आंशिक परीक्षाको प्रवेश पत्र परिक्षा हुन भन्दा ३ (तिन) दिन अगाडी यस मनमोहन स्मृति पोलिटेक्निकमा वितरण गरिने छ । प्रवेश पत्र परीक्षा केन्द्र नपु¥याउने हुँदा परीक्षार्थीले स्वयम् उपस्थित भई प्रवेश पत्र बुझेर लैजानु पर्नेछ ।

७. आंशिक परीक्षा सम्बन्धि विस्तृत जानकारीको लागि यस पोलिटेक्निकको परीक्षा शाखामा सम्पर्क राख्नु हुन सूचित गरिन्छ ।

------------------

नीता प्याकुरेल

रीक्षा शाखा