दुहवी नगरपालिका क्षेत्रका उद्यमशील युवाहरूलाई स्वरोजगार बनाउन १६९६ घण्टाको कार्यगत अभ्यास (Training with OJT ) तालिम कार्यक्रम अन्तर्गत Building Electrical Training को आयोजना दुहवी नगरपालिकाले गरेको छ । उक्त १६९६ घण्टे कार्यगत अभ्यास (Training with OJT ) तालिम मनमोहन स्मृति पोलिटेक्निकमा संचालन गर्नका लागि दुहवी नगरपालिका र मनमोहन स्मृति पोलिटेक्निक,बुढीगंगा-४ मोरङ बीच आज सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भयो । उक्त सम्झोता दुहवी नगरपालिका का मेयर श्री वेद नारायण गच्छदार ज्यू को सम्उपस्थितिमा आज सम्पन्न भयो ।