आज मिति २०७९ जेष्ठ ३१ गते मंगलबार का दिन मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन स्मृति पोलिटेक्निकमा लामो समय देखि श्रेणी विहिन विभिन्न पदमा कार्यरत ९ जना कर्मचारीहरूको स्तरवृध्दि भएको छ । स्तरवृध्दी हुनु भएको कर्मचारीहरुको सम्मान मा आयोजित कार्यक्रम मनमोहन प्राविधिक विश्वविद्यालय रजिस्ट्रारको कार्यालयमा सम्पन्न भयो । उक्त अवसरमा रजिस्ट्रार डा. दिलनाथ फुयलक तथा मनमोहन स्मृति पोलिटेक्निक का प्राचार्य ई. सुदिप अधिकारी, प्रशासन प्रमुख मदन कुमार श्रेष्ठ र वरीष्ठ लेखाअधिकृत सुजन भुर्तेल ज्यूले स्तरवृध्दी हुनु भएका कर्मचारीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भयो ।

2079 02 31 2

2079 02 31 3

2079 02 31 4