मिति २०७६।०३।१५ गतेका दिन भूतपूर्व प्रधानमन्त्रि स्वर्गिय मनमोहन अधिकारीज्यूको ९९औं जन्मजयन्तीको अवसरमा मनमोहन स्मृति पोलिटेक्निक वूढीगंगा ४ मोरंगमा उप-प्रधान तथा रक्षा मन्त्री मा. ईश्वर पोखरेलज्यूको अध्यक्षता तथा प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो ।
उक्त ९९ औं जन्मजयन्तीको अवसरमा विध्यार्थीहरू द्वारा रक्तदान, बृक्षारोपण लगायत पोलिटेक्निकमा सिभिल, इलेक्टिकल, मेकानिकल र इलेक्ट्रोनिक्स विभागहरुमा अध्ययन गरी उत्कृष्ठ अङ्क ल्याउने बिधार्थीहरू लाई सम्मान तथा पुरस्कार वितरण गरियो । साथै उक्त अवसरमा मनमोहन स्मृति पोलिटेक्निकद्वारा सञ्चालित छोटो अवधिका तालिमहरुको समापन समेत गरिएको थियो ।
Warning: Trying to access array offset on value of type null in /home2/mmpedu/public_html/components/com_osgallery/helpers/osGalleryHelperSite.php on line 44