admission-open-2075

प्रवेश परिक्षाकाे फारम भर्नका लागि  सिटिईभिटीले तोकेकाे न्यूनतम योग्यता

अक्षराङ्कन पद्धतीको नतिजाको हकमा (For Grading System of SEE) :

  • मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवेशिका वा एस.ई.ई. परीक्षामा अनिवार्य गणित र विज्ञानमा न्यूनतम C ग्रेड र अंग्रेजीमा विषयमा न्यूनतम D+ ग्रेड प्राप्त ।
  • एस.एल.सी. वा एस.ई.ई. प्राविधिक धारमा इलेक्ट्रिकल, सिभिल, कम्प्युटर इन्जिनियरिङ्ग कार्यक्रम अध्ययन गर्नेको हकमा सोही कार्यक्रम अध्ययन गर्न चाहेमा एस.एल.सी. वा एस.ई.ई. प्राविधिक धारमा GPA 1.6  प्राप्त साथै अन्य कार्यक्रममा भर्ना हुन चाहेमा अन्य कार्यक्रमको भर्ना मापदण्ड बमोजिमनै शैक्षिक योग्यता प्राप्त ।

अक्षराङ्कन पद्धती लागु हुनु पूर्वका प्रवेशिका परीक्षाको हकमा (For Older system of class-10 SLC) 

  • मान्यता प्राप्त शिक्षण संस्थाबाट अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषय लिई एस.एल.सी. वा सो सरहको परीक्षा उत्तीर्ण वा परिषद् वा त्रिभुवन विश्वविद्यालयबाट यस बमोजिम संचालन हुने कार्यक्रमसंग सम्बन्धित प्राविधिक एस.एल.सी. को कुल पूर्णाङ्कमा क्रमशः ६८.३३ र ६६.६७ प्रतिशत अंक प्राप्त गरी उत्तीर्ण ।
  • एस.एल.सी. (प्राविधिक धार) को योग्यताको हकमा उल्लेखित शैक्षिक कार्यक्रमका लागि तोकिएको प्रतिशत भित्र पर्ने ग्रेड कायम हुनेछ ।