मिति २०७६ साल असार २३ गतेका दिन मनमोहन स्मृति पोलिटेक्निकले मोरंग-सुनसरी औद्योगिक करिडरका उद्योगीहरूसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । बिराटनगरको रत्न होटलमा सञ्चालन गरिएको कार्यक्रममा ४० अोटा भन्दा बढी उद्योगबाट उद्योगी तथा तिनका प्रतिनिधिहरू उपस्थित रहेका थिए । प्रदेश १ का सामाजिक बिकास मन्त्री मा. जिवन घिमिरेज्यूको प्रमुख अातिथ्यता रहेको कार्यक्रममा अतिथिका रूपमा प्रदेश १ प्रदेश सभा सदस्य मा. सावित्रा घिमिरे ज्यू, उद्योग बाणिज्य संघ मोरंगका का.वा. अध्यक्ष श्री सुयस प्याकुरेल ज्यू, रसायन शास्त्रका बैज्ञानिक डा. तुलसी निरौला ज्यू रहनु भएको थियो ।

मिति २०७६।०३।१५ गतेका दिन भूतपूर्व प्रधानमन्त्रि स्वर्गिय मनमोहन अधिकारीज्यूको ९९औं जन्मजयन्तीको अवसरमा मनमोहन स्मृति पोलिटेक्निक वूढीगंगा ४ मोरंगमा उप-प्रधान तथा रक्षा मन्त्री मा. ईश्वर पोखरेलज्यूको अध्यक्षता तथा प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो । उक्त ९९ औं जन्मजयन्तीको अवसरमा विध्यार्थीहरू  द्वारा रक्तदान, बृक्षारोपण लगायत पोलिटेक्निकमा सिभिल, इलेक्टिकल, मेकानिकल र इलेक्ट्रोनिक्स विभागहरुमा अध्ययन गरी उत्कृष्ठ अङ्क ल्याउने बिधार्थीहरू लाई सम्मान तथा पुरस्कार वितरण गरियो । साथै उक्त अवसरमा मनमोहन स्मृति पोलिटेक्निकद्वारा सञ्चालित छोटो अवधिका तालिमहरुको समापन समेत गरिएको थियो ।