आज मिति २०७९ आषाढ १५ गते मनमोहन जयन्ती नेपालका पूर्व प्रधानमंत्री स्वर्गिय मनमोहन अधिकारी ज्यूको १०२औं जन्मजयन्ती कार्यक्रम मनमोहन स्मृति पोलिटेक्निक वूढीगंगा ४ स्थित प्रतिमा मा माल्यार्पण , बृक्षारोपण र विभिन्न प्रजातीका बिरूवा वितरण गरि मनाईयो । कार्यक्रम मा मनमोहन प्रविधिक विश्वविद्यालयका रजिस्ट्रार डा. दिलनाथ फुयल, प्राध्यापक डा. प्रकाशचन्द्र अधिकारी, प्राचार्य ई. सुदिप अधिकारी लगायतज्ञ मनमोहन स्मृति पोलिटेक्निक का पदाधिकारी, शिक्षक तथा कर्मचारीहरू को समुपस्थितिमा मनमोहन स्मृति पोलिटेक्निक बुढिगंगा ४ मा एक कार्यक्रम बीच सम्पन्न भयो ।

आज मिति २०७९ आषाढ १२ आईतबार का दिन मनमोहन स्मृति पोलिटेक्निक बुढीगंगा-४ मोरङ मा प्रमाणिकृत सीप परिक्षण केन्द्रहरूको सवलीकरण कार्यक्रम अन्तर्गत मानव संसाधनको विकास सम्बन्धमा श्री रत्नकुमार वान्तवा पोलिटेक्निक इलाम का प्राचार्या श्री दिपक खनाल ज्यूको नेतृत्वमा अवलोकन भ्रमणमा आएका कर्मचारीहरूको टोलीलाई मनमोहन स्मृति पोलिटेक्निक का प्राचार्य ई. सुदिप अधिकारी, प्रशासन प्रमुख मदन कुमार श्रेष्ठ, बरीष्ठ लेखा अधिकृत सुजन भुत्तेल ज्यूले स्वागत गर्दै मनमोहन स्मृति पोलिटेक्निक को विषयमा विस्तृत जानकारी गराउनु भयो ।

आज मिति २०७९ साल आषाढ १० शुक्रवार का दिन प्रदेश सरकार प्रदेश नं.१ सामाजिक विकास मंत्रालय को सहयोग मा मनमोहन स्मृति पोलिटेक्निक बुढीगंगा-४ मोरङ द्वारा आयोजित 

आज मिति २०७९ जेष्ठ ३१ गते मंगलबार का दिन मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन स्मृति पोलिटेक्निकमा लामो समय देखि श्रेणी विहिन विभिन्न पदमा कार्यरत ९ जना कर्मचारीहरूको स्तरवृध्दि भएको छ । स्तरवृध्दी हुनु भएको कर्मचारीहरुको सम्मान मा आयोजित कार्यक्रम मनमोहन प्राविधिक विश्वविद्यालय रजिस्ट्रारको कार्यालयमा सम्पन्न भयो । उक्त अवसरमा रजिस्ट्रार डा. दिलनाथ फुयलक तथा मनमोहन स्मृति पोलिटेक्निक का प्राचार्य ई. सुदिप अधिकारी, प्रशासन प्रमुख मदन कुमार श्रेष्ठ र वरीष्ठ लेखाअधिकृत सुजन भुर्तेल ज्यूले स्तरवृध्दी हुनु भएका कर्मचारीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भयो ।

मिति २०७६ साल असार २३ गतेका दिन मनमोहन स्मृति पोलिटेक्निकले मोरंग-सुनसरी औद्योगिक करिडरका उद्योगीहरूसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । बिराटनगरको रत्न होटलमा सञ्चालन गरिएको कार्यक्रममा ४० अोटा भन्दा बढी उद्योगबाट उद्योगी तथा तिनका प्रतिनिधिहरू उपस्थित रहेका थिए । प्रदेश १ का सामाजिक बिकास मन्त्री मा. जिवन घिमिरेज्यूको प्रमुख अातिथ्यता रहेको कार्यक्रममा अतिथिका रूपमा प्रदेश १ प्रदेश सभा सदस्य मा. सावित्रा घिमिरे ज्यू, उद्योग बाणिज्य संघ मोरंगका का.वा. अध्यक्ष श्री सुयस प्याकुरेल ज्यू, रसायन शास्त्रका बैज्ञानिक डा. तुलसी निरौला ज्यू रहनु भएको थियो ।

कार्यक्रममा उपस्थित सबै सहभागिहरूले अाफ्ना जिज्ञासा तथा सुझाव राख्नु भएको थियो । कार्यक्रमका अध्यक्ष तथअ पोलिटेक्निकका प्राचार्य डा. सुवासश्री पोख्रेलज्यूले जिज्ञासाहरूको उत्तर दिनु भएको थियो ।

मिति २०७६।०३।१५ गतेका दिन भूतपूर्व प्रधानमन्त्रि स्वर्गिय मनमोहन अधिकारीज्यूको ९९औं जन्मजयन्तीको अवसरमा मनमोहन स्मृति पोलिटेक्निक वूढीगंगा ४ मोरंगमा उप-प्रधान तथा रक्षा मन्त्री मा. ईश्वर पोखरेलज्यूको अध्यक्षता तथा प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो ।

99 15B446D781 C268 F336 25CC 790A0B6AD927

उक्त ९९ औं जन्मजयन्तीको अवसरमा विध्यार्थीहरू  द्वारा रक्तदान, बृक्षारोपण लगायत पोलिटेक्निकमा सिभिल, इलेक्टिकल, मेकानिकल र इलेक्ट्रोनिक्स विभागहरुमा अध्ययन गरी उत्कृष्ठ अङ्क ल्याउने बिधार्थीहरू लाई सम्मान तथा पुरस्कार वितरण गरियो । साथै उक्त अवसरमा मनमोहन स्मृति पोलिटेक्निकद्वारा सञ्चालित छोटो अवधिका तालिमहरुको समापन समेत गरिएको थियो । 

थाहा संवाददाता भदौ १४, २०७५
विराटनगर : मोरङ बुढीगंगामा रहेको मनमोहन मेमोरियल पोलिटेक्निक कलेजका विद्यार्थीले निर्माण गरेका विभिन्न आविष्कार बुधबार प्रदर्शन गरेका छन्।
पोलिटेक्निक कलेजका मेकानिकल इन्जिनियरिङ विभागका पाँच जना विद्यार्थीको समूहले बनाएको पेट्रोल ड्रोन कृषि क्षेत्रमा विषादी छर्कन उपयोगी छ। हेलिकोप्टर जस्तो देखिने ड्रोनमा विषादी राख्ने भाँडो छ र यसले उडेरै बाली नालीमा विषादी छर्न सक्ने निर्माण समूहका विद्यार्थी देवेन्द्र ठाकुर बताउँछन्। सोही विभागका पिन्टुकुमार चौधरीलगायतको समूहले बनाएको गो कार्ट अन बाइक इन्जिन पर्यटकीय क्षेत्रमा राख्न सकिने उपकरण हो, जुन एक जनाले कुदाउन सकिने आधुुनिक कारको स्वरूपमा छ।


FB IMG 1535624808720

यस्तै, विद्यार्थीहरूले मल्टिपर्पोज मेसिन, अटो रिन्युएवल इलेक्ट्रिक बाइकसमेत नयाँ र आधुनिक तरिकाले निर्माण गरेका छन्। विद्यार्थीहरूले नेपालमा प्रयोग हुन सक्ने भोटिङ मेसिन पनि निर्माण गरेका छन्।

Page 2 of 4