मनमोहन स्मृति पोलिटेक्निकका भूतपूर्व कार्यकारी निर्देशक तथा भूतपूर्व प्राचार्य स्व. गोविन्द गजुरेल प्रति मनमोहन स्मृति पोलिटेक्निकका प्राचार्य इ. सुदिप अधिकारीको नेतृत्वमा गएको कर्मचारीको टोलीले काठमाण्डाैमा पुगि श्रद्धाञ्जली अर्पण गर्दै स्व. गजुरेलको परिवारजनमा समवेदना प्रकट गरेको छ ।

दुहवी नगरपालिका क्षेत्रका उद्यमशील युवाहरूलाई स्वरोजगार बनाउन १६९६ घण्टाको कार्यगत अभ्यास (Training with OJT ) तालिम कार्यक्रम अन्तर्गत Building Electrical Training को आयोजना दुहवी नगरपालिकाले गरेको छ । उक्त १६९६ घण्टे कार्यगत अभ्यास (Training with OJT ) तालिम मनमोहन स्मृति पोलिटेक्निकमा संचालन गर्नका लागि दुहवी नगरपालिका र मनमोहन स्मृति पोलिटेक्निक,बुढीगंगा-४ मोरङ बीच आज सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भयो । उक्त सम्झोता दुहवी नगरपालिका का मेयर श्री वेद नारायण गच्छदार ज्यू को सम्उपस्थितिमा आज सम्पन्न भयो ।

आज मिति २०७९ आषाढ १५ गते मनमोहन जयन्ती नेपालका पूर्व प्रधानमंत्री स्वर्गिय मनमोहन अधिकारी ज्यूको १०२औं जन्मजयन्ती कार्यक्रम मनमोहन स्मृति पोलिटेक्निक वूढीगंगा ४ स्थित प्रतिमा मा माल्यार्पण , बृक्षारोपण र विभिन्न प्रजातीका बिरूवा वितरण गरि मनाईयो । कार्यक्रम मा मनमोहन प्रविधिक विश्वविद्यालयका रजिस्ट्रार डा. दिलनाथ फुयल, प्राध्यापक डा. प्रकाशचन्द्र अधिकारी, प्राचार्य ई. सुदिप अधिकारी लगायतज्ञ मनमोहन स्मृति पोलिटेक्निक का पदाधिकारी, शिक्षक तथा कर्मचारीहरू को समुपस्थितिमा मनमोहन स्मृति पोलिटेक्निक बुढिगंगा ४ मा एक कार्यक्रम बीच सम्पन्न भयो ।

आज मिति २०७९ आषाढ १२ आईतबार का दिन मनमोहन स्मृति पोलिटेक्निक बुढीगंगा-४ मोरङ मा प्रमाणिकृत सीप परिक्षण केन्द्रहरूको सवलीकरण कार्यक्रम अन्तर्गत मानव संसाधनको विकास सम्बन्धमा श्री रत्नकुमार वान्तवा पोलिटेक्निक इलाम का प्राचार्या श्री दिपक खनाल ज्यूको नेतृत्वमा अवलोकन भ्रमणमा आएका कर्मचारीहरूको टोलीलाई मनमोहन स्मृति पोलिटेक्निक का प्राचार्य ई. सुदिप अधिकारी, प्रशासन प्रमुख मदन कुमार श्रेष्ठ, बरीष्ठ लेखा अधिकृत सुजन भुत्तेल ज्यूले स्वागत गर्दै मनमोहन स्मृति पोलिटेक्निक को विषयमा विस्तृत जानकारी गराउनु भयो ।

आज मिति २०७९ साल आषाढ १० शुक्रवार का दिन प्रदेश सरकार प्रदेश नं.१ सामाजिक विकास मंत्रालय को सहयोग मा मनमोहन स्मृति पोलिटेक्निक बुढीगंगा-४ मोरङ द्वारा आयोजित 

Page 1 of 4